२६ कार्तिक २०८१, सोमबार
,
Latest
भारतीय प्रशिक्षक गम्भीरको रोहित र कोहलीलाई समर्थन रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजान्छौँः सभापति खतिवडा गत आवको आन्तरिक लेखापरीक्षणबाट सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी राखेपलाई चीनको सहयोग , आगामी दिनका सहकार्यलाई निरन्तरता दिईने जलवायु विज्ञानले प्रमाणित गरेका विषयलाई विश्वमञ्चमा राख्नुपर्छः जलवायुविज्ञ मञ्जित ढकाल पूर्वमन्त्री अधिकारी पक्राउ परेकोबारे कोशी प्रदेशसभाले निकाल्यो सूचना नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड महिला सशक्तिकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट कस्तुरीको बिणासहित ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले टोलीले ठमेलको भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका २८ वर्षीय सन्देश अछामे र संखुवासभाकै ३८ वर्षीय ईन्द्र कुमार राई रहेका छन् ।

उनीहरुको साथबाट करिब २१ ग्राम तौल भएको कस्तुरीको बिणा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




भर्खरै