९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अझै रोकिएन वन्यजन्तुको चोरी

अझै रोकिएन वन्यजन्तुको चोरी
अ अ+ अ-

डोटी । जिल्लाका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकारी भइरहेको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन ।

जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा खुलेआम रतुवा, बँदेल, घोरल, कालीजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ । यहाँका ग्रामीण क्षेत्रबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाइ छिमेकी तराईका जिल्लालगायत काठमाडौँसम्म पु¥याउने गरेको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी मानमोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका होटेल तथा पसलमा जङ्गली जनावरको सुकुटी जताततै सहजै पाइन्छ र केहीले सुकुटी किनेर काठमाडौँसम्म पु¥याउने गरेका छन् ।”

वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउन थालेपछि महाभारत शृङ््खला अन्तर्गतका तेले लेक वनमा केही महीना पहिले डिभिजन वन कार्यालय डोटीका कर्मचारी, स्थानीय पत्रकार, शिखर नगरपालिकाका प्रतिनिधि र राजनीतिकदलका नेता कार्यकर्ता अनुगमनका लागि पुगेका थिए । अनुगमनका क्रममा चोरी शिकारमा संलग्न तस्करले वन्यजन्तु मार्ने तरिका, मारेका वन्यजन्तुका हड्डी, छाला, चोरी शिकारमा संलग्नको बासस्थानलगायत प्रयोग गर्ने नाका र तस्करहरुले प्रयोग गरेका सामग्री फेला परेका थिए ।

डोटीका निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार अनुगमनका क्रममा जङ्गल क्षेत्रमा भैँसीपालन गर्दै आएका गोठाला र स्थानीय जनतासँग समेत छलफल गरिएको थियो । त्यसपछि चोरी शिकार नियन्त्रणका लागि स्थानीय तह र स्थानीयवासीसँग मिलेर एकीकृत रुपमा चोरी शिकार विरुद्धको अभियान सञ्चालन गरिने योजना भएको निमित्त डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तस्करीका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । यहाँका स्थानीय तह र आम नागरिकको सहयोगमा यस विरुद्ध अभियानकै रुपमा जाने तयारीमा छौ ।” तस्करले चोरी शिकारका लागि महीनौंसम्म घरेलु हातहतियारसहित जङ्गलमा बास बस्ने र शिकार गर्ने गरेको पाइएको अनुगमनबाट फर्केका टोलीको भनाइ छ । जङ्गलमा शिकार गरिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलमा समेत बिक्री हुने गरेको छ ।

जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वन र माहाभारत शृङ्खलाअन्र्तगतका तेले लेक वनबाट बढी मात्रामा वन्यजन्तु चोरी शिकार हुने गरेको पाइएकोे छ । कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेले लेकको वनले समेटेको छ । जिल्लाको जोरायल गाउँपालिका–१ गैराकास्थित एक होटल व्यवसायीले तेले लेकमा मारिएका मृगको मासु सुकुटी बनाएर तराईका जिल्लालगायत काठमाडाँैसम्म लैजाने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जङ्गलबाट दैनिकजसो रतुवा, बँदेलको सुकुटी मासु बजारसम्म आउँछ र यहाँबाट काठमाडौँसम्म लैजाने गरिएको छ ।” चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको तेले लेक वनक्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकार नियन्त्रण अभियान शुरु गर्ने बताएको छ ।

डिभिजन कार्यालयसँग मिलेर चोरी शिकार नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकार निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका –१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।