१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एउटाविरुद्ध अर्को सरकारी निकाय सर्वोच्च अदालतमा

एउटाविरुद्ध अर्को सरकारी निकाय सर्वोच्च अदालतमा
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारको रेलवे विभाग आफूभन्दा माथिल्लो निकाय विरुद्ध रीट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । सार्वजनिक खरीद पुनरवलोकन समिति विरुद्ध हालिएको उक्त रिटमा सर्वोच्चले समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारको तल्लो निकायले माथिल्लो निकाय विरुद्ध रीट हालेको यस घटनालाई धेरैले अनौठो रूपमा हेरेका छन् ।

तराई क्षेत्रमा दुईओटा पुल निर्माणका लागि रेलवे विभागले २०७५ जेठ २३ मा बोलपत्र आह्वान गरेको थियो । त्यसक्रममा आएका केही प्रस्ताव अस्वीकृत भए, जसमध्ये रमण कन्स्ट्रक्शन प्रालिको प्रस्ताव पनि थियो । विभागको निर्णय विरुद्ध रमण कन्स्ट्रक्शनले सार्वजनिक खरीद पुनरवलोकन समिति समक्ष उजूरी दियो । समितिले सार्वजनिक खरीद ऐन तथा नियमावलीमा भएको व्यवस्था विपरीत र नमूना बोलपत्रमा उल्लेख भएको भन्दा सारभूत रूपमा फरक पर्नेगरी योग्यता निर्धारण गरेको ठहर गर्दै विभागले आ⋲वान गरेको बोलपत्र नै रद्द गरिदियो ।

त्यसपछि ती दुई सहित तीनओटा पुल निर्माणका लागि विभागले २०७५ असोज २३ मा पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसमा पाँचओटा कम्पनीले प्रस्ताव पेश गरे, जसमध्ये दुईलाई अयोग्य भनी विभागले अस्वीकृत ग¥यो । रमण कन्स्ट्रक्शनले ज्वाइन्ट भेन्चर ९जेभी० मा काम गर्ने भनी प्रस्ताव पेश गरेको थियो तर यसपटक पनि प्राविधिक रूपमा योग्यता नपुगेको भन्दै उसको प्रस्ताव स्वीकार गरिएन ।

विभागको निर्णय विरुद्ध यसपटक पनि रमण कन्स्ट्रक्शनले सार्वजनिक खरीद पुनरवलोकन समिति समक्ष उजुरी दियो । समितिले रेलवे विभागलाई उक्त निर्णय पुनरवलोकन गरी समान आधार तथा तरीका बमोजिम पुनर्मूल्यांकन गर्न २०७५ चैत १५ मा निर्देशन दिएको थियो ।

समितिको सो निर्णय र निर्देशनलाई चुनौती दिँदै विभागले सर्वोच्च अदालतमा रीट दायर गरेको हो । रीटमा पुनरवलोकन समितिले कानून र मान्य सिद्धान्त विपरीत बोलपत्र रद्द गरेको आरोप लगाइएको थियो । सर्वोच्च अदालतले समितिको निर्णय कार्यान्वयन नगर्न हालै अन्तरिम आदेश दिएको आर्थिक अभियान दैनिकमा खबर प्रकाशित छ ।