२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर कारागार सार्न ठाउँ खोजिँदै



अ+ अ-

चितवन । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चार/पाँच बिघा जमीन खोजी भइरहेको बताउनुभयो । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ ।

भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो । टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको उहाँले बताउनुभयो ।

जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उहाँले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताउनुभयो । चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ ।

यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताउनुभयो । यहाँको कारागारमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ ।

विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताउनुभयो ।