१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रहरी सक्रियताले अपराधका घटनामा कमी

प्रहरी सक्रियताले अपराधका घटनामा कमी
अ अ+ अ-

काठमाडौंँ । कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौं प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् ।

समाज परिवर्तनसँगै प्रविधि, शिक्षा र चेतना बढ्नुले कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा प्रहरीको अनुसन्धान र सक्रियता पनि कारक रहेको बताइन्छ ।


महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र ती परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटना करिब शुन्यको अवस्थामा पुगेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाताकरणी जस्तो जघन्य अपराध हुनै छोडेको बताउँछन् ।

विशेष गरी काठमाडौँ उपत्यकामा चिठीपत्र खुलेको हराएको चोरी भएको, बालविवाह, टेलिफोनको कल वाइपास गरिने भीओआईपी, छुवाछूत, सार्वजनिक सम्पत्ति हिनामिना, नदी तथा पोखरीमा हामफालेर, घाँटी काटी, विषालु सिरिन्ज घोपी र गोली हानी हुने आत्महत्याका घटनामा निकै कमी आएपछि प्रहरी अधिकरीहरू यसको कारण खोज्दै छन् ।

आधुनिक सूचना प्रविधिको प्रयोगले पनि परम्परागत अपराध घट्दै गएको भनाइ प्रहरीको रहेको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।