१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरु



अ+ अ-

सुर्खेत । नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ । मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो । चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिनुभयो ।

नेपालमै पहिलोपटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरुआत हुनुले गौरवान्वित बनाएको बताउँदै डिन लम्सालले भन्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरुको खोज र अन्वेषण पनि गर्नेछ ।”

“कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो”, उहाँले थप्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।” त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उहाँको जिकिर थियो ।

उहाँका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुुने भएकाले नयाँ आयाम थपिने छ । पहिलोपटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र नेपाल मात्र नभई दक्षिण एशियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ ।