काठमाडौं । बलिउडमा विवाह भन्दा पनि धेरै अफयर र ब्रेकपका खबरहरु सुन्ने गरिन्छ । कमै मात्र कलाकार जस्ले आफ्नो सम्बन्धलाई विवाह सम्म पुर्याएर सुनाउँछन् ।
यस्तै कारण कतिले त विवाह अघि नै आत्माहत्या पनि गर्ने गर्छन् । आज हामी तिनै कलाकार जो विवाह अघि नै आमा बने तर करणवस गर्भपतन गरे तीनै कलाकारको बारेमा जानकारी दिन गइरहेका छौँ ।
वीना मलिक: चर्चित टिभी सिरियल विग बोस सिजन ५ बाट चर्चामा आएकी पाकिस्तानकी अभिनेत्री बीना मलिक विवाह अगाडी नै आमा बनिसकेकी छन् । उनी आफ्नो प्रेमी प्रशान्तबाट गर्भवती बनेकी थिइन् तर उनले गर्भपतन गरिन् ।
जिया खान : भारतको मुम्बाईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेकी अभिनेत्री जिया खानले सुसाइड नोटमा आफुले गर्भपतन गरेको बताएकी थिइन् ।यसको मामिलामा उनका प्रेमी सुरज पञ्चोलीलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । उनले आफ्नो बच्चा मारिदिएको कारण गहिरो दर्दमा परेको र आफुले आत्माहत्या रोजेको बताएकी थिइन् ।
प्रत्युषा बनर्जी : बलिउडको चर्चित सिरियल बालिका बधुबाट आनन्दीको भूमिका निभएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्माहत्या गरेकी थिइन् । उनले आत्माहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन् । उनी प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।
मर्लिन मुनरो: मर्लिन हलिउडकी अभिनेत्री हुन् । बलिउडमा मात्र हैन् बलिउडमा पनि विवाह अगाडी नै गर्भपतन गराउने अभिनेत्रीहरु रहेका छन् । उनी अमेरिकी अभिनेत्री हुन् । सन् १९५० देखि १९६० को दसकमा यौन प्रकृतिको रुपमा प्रख्यात भएकी मर्लिनले १२ पटक गर्भपतन गरेको अभिनेत्री, मोडल तथा गायिका मर्लिन मुनरोको फोटोग्राफरले आफ्नो पुस्तक मर्लिनमा खुलाएका थिए ।