१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिममाथिको हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकामा कर्फ्यू



अ+ अ-

काठमाडौँ । मुस्लिम अल्पसंख्यकमाथि हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकाका विभिन्न भागमा कर्फ्यू लगाइएको छ।

आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले अन्य भागमा पनि कर्फ्यू लगाएको हो।

पछिल्लो समय मुस्लिमका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि कफ्र्यू लगाइएको हो । विभिन्न सहरमा भएका प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

सामाजिक सद्भाव नखल्बलियोस् भनेर सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ।