२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको अलास्कामा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु



अ+ अ-

काठमाडौँ । अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँएको छ । सोमबार अपरान्ह भएको उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो ।

यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान ठोक्किएका हुन् । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । बीवरमा पाँच र अटरमा ११ यात्रु सवार थिए । बीवरमा सवार सबै यात्रुको मृत्यु भयो । चारको स्थिती गम्भीर बताइएको छ ।

ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।

अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ ।

रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार भइरहेको छ । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ । विज्ञप्तिमा पाइलटलाई के भयो भन्ने जानकारी दिइएको छैन ।




भर्खरै