१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच व्यापारिक सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच व्यापारिक सम्झौता भएको छ ।

कम्बोडिया भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा गएका नेपाल चेम्बर अफ कमर्शको टोलिले कम्बोडियाको चेम्बरसँग सोमबार सम्झौता गरेको हो ।

विभन्न ९ वटा बुँदा समेटिएको सम्झौतापत्रमा दुई देशको व्यापारिक विकास र वैैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्ने विषय उल्लेख गरिएको नेपाल चेम्बर अफ कर्मसका निर्देशक किरण अधिकारीले जानकारी दिए ।

नेपालका प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।