१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीले चारजना युवा खेलाडीलाई भित्र्याउने, फर्नान्डिन्होको स्थानमा रोद्री ल्याउने तयारी



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएको छ ।

प्रशिक्षक पेप ग्वार्डियोलाका अनुसार भित्रिने खेलाडीमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डर हुनेछन् । जसका लागि कल्बले २०० मिलियन पाउण्ड खर्च गर्ने छ ।

कल्बको रोजाइमा एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।

लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।

यता, सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।

यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।