२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसओएसद्वारा चार बालबालिकाको उद्धार



अ+ अ-

तम्घास । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो । 

मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका–३ ह्वाङदीका पाँच वर्षीय सन्दीप र तीन वर्षीय प्रदीप घर्ति मगर १४ महिनादेखि अभिभावविहीन भएका थिए । लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेस भएको थियो । 

बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयो । मदानेका दुई दिदीभाइ गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाइ वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गर्नुभएको हो । एसोएस भैरहवाको टोलीले कात्तिक ११ गते गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो । 

प्रतिवेदनका आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो । भर्ना भएकामध्ये दिदी लक्ष्मी विक काठमाडौँ होटलमा काम गर्थिन् । ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताउनुभयो । एसोएसको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकामा ढकालले खुसी व्यक्त गर्नुभयो । (रासस)