१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभर तालिबान र सुरक्षाफौजबीच भएको भिडन्तमा १२ जना मारिए



अ+ अ-

फराह । अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो ।सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ तालिबान लडाकू मारिएका जनाइएको छ ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ ।