१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से सुचक १४ अंकले उकालो लाग्यो



अ+ अ-

काठमाडौँ । नेप्से सूचक मंगलबार १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.०८५ ले बढेको हो । १७० कम्पनीको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह १४५.८४ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १४.१४ अंकले बढेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र कृषि विकास बैंक परेका छन् ।

यता, अधिकतम गुमाउनेमा सूर्योदय लघुवित्त कम्पनीका लगानीकर्ता छन् । यसको भाउ ७.५५ प्रतिशतले तल झरेको हो ।