९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दुर्घटना न्युनीकरण : चासो सबैमा छ, तर किन घट्दैन ?

दुर्घटना न्युनीकरण : चासो सबैमा छ, तर किन घट्दैन ?
अ अ+ अ-

नारायणी रजौरे

गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक र चालक गरी २३ को मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकास्थित रिहार नजिकै दुर्घटना हुँदा दुलाहका बुबा आमासहित छ को मृत्यु भयो । गत माघ २४ गते बुटवलबाट प्रदेशसभामा सहभागी भएर फर्कदै गर्नुभएका दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वली सवार रहेको कार र एक यात्रुवाहक बस घोराही नगरपालिका–३ चिसापानी भन्ने ठाउँमा ठोक्किँदा बसमा सवार एक महिलाको मृत्यु भयो भने सदस्य वली गम्भीर घाइते हुनुभयो । अचेत अवस्थामा रहनुभएका वलीको लमहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा लगियो तर त्यहाँ पनि उहाँको उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसिटी अस्पतालमा लगियो ।

उहाँको उपचारमा सरकारबाट कुनै कमी भएन तर उहाँको होस नै खुल्न सकेन । उपचारका क्रममा झण्डै दुई हप्तापछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेँ । ३५ वर्षीय वलीको निधनले सबैलाई दुःखी बनायो । यी तीन दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध गरायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि नै भुल्नै नसक्ने गरी पीडा नै गरायो । यी तीनवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले चालकको कमजोरी नै रहेको ट्राफिक प्रहरी दाङको अनुसन्धानले जनाएको छ । वास्तामा यी त केही उदाहरण मात्र हुन्, जिल्लामा हुने दुर्घटनाका कारण यतिखेर नागरिक चिन्तितसमेत भएका छन् । यस्ता दुर्घटना अब नदोहोरिन र दुर्घटना न्यूनीकरणका लागि सबैले चोसो दिन थालेका छन् ।

जिल्लामा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् । उनीहरुले कहिले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् भने कतै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन् । त्यसैगरी पछिल्लो पटक गत वैशाख १४ गतेदेखि २० गतेसम्म ट्राफिक सप्ताहको आयोजना गरी बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि ठाउँको ठाउँ सुधार कार्यक्रम पनि गरेको छ । यहाँका बजारमा ट्राफिक प्रहरी आफ्नो सक्रियता बढाएको छ ।

सडक वारपार गर्नेहरुका लागि पैदलयात्रुलाई सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क चेकजाँच, बजारमा जेब्रा क्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटना दिनहुँजसो घटिरहेका छन् । पछिल्लो पटक दिनहुँजसो मोटरसाइकल दुर्घटना भइरहेका छन् । ती दुर्घटनामा केहीको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएको विवरण दाङ प्रहरीले दिएको छ । गत वैशाख २९ गते पश्चिम दाङको दङ्गीशरण गाउँपालिका–६ रगैचाबाट तुलसीपुरतर्फ आउँदै गरेको ग१ज ५६६४ नम्बरको पिकअपको ठक्करबाट श्रीगाउँमा गम्भीर घाइते भएका सोही ठाउँका सात वर्षीय किरण पुनको उपचारका क्रममा बागर स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । चालू आर्थिक वर्षको वैशाख २५ गतेसम्ममा १५२ सवारी दुर्घटनामा परी दाङमा ८६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरका अनुसार ती दुर्घटनामा परी १८३ गम्भीर घाइते भएका छन् ।

ती दुर्घटनामा २०२ सवारी साधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल १०१, बस २८, ट्र्याक्टर १९ र जिप तथा कार २३ रहेका छन् । त्यस्तै टेम्पो १२, ट्रक १०, टिपर तीन, माइक्रोबस एक वटा रहेका छन् । दुर्घटना घट्नुका प्रमुख कारण चालकको लापरवाही रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । चालकको लापरवाहीका कारण सबैभन्दा बढी ८७, तीव्र गतिका कारण ५०, यात्रु गल्ती चार, मापसेका कारण चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गढबढी दुई, सवारी उछिन्दा एक, मौसमका कारण एक रहेका छन् । गत वर्ष सो अवधिमा १०५ दुर्घटना हुँदा ५९ को मृत्यु भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि चालक गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउँदै उनीहरुलाई संवेदनशील हुन आग्रह गर्नुभयो । उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्र गतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढी हुने गरेको बताउनुभयो । त्यसैगरी ज्येष्ठ नागरिका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सवारी ऐन कार्यान्वयन नगर्ने जो कोहीलाई कारवाही गरिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव उहाँको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सवारी चलाउँदा हतार गर्ने प्रवृत्तिले गर्दा दुर्घटना बढेको बताउनुभयो ।

“हामी आफ्नो गन्तव्यमा पुग्नका लागि समयमा यात्रा शुरु गर्दैनौँ”, उहाँले भन्नुभयो, “जब हाम्रो उमेर ढल्दैजान्छन् अनि हामी गाडी चलाउन शुरु गर्छाैं, त्यो पनि तीव्र गतिमा चलाउँछौँ, यही नै दुर्घटनाका एउटा प्रमुख कारण हो ।” अर्कोतर्फ सडकको अवस्था कमजोर हुँदा पनि दुर्घटना बढेको भन्दै सडक सुधार गर्नतर्फ स्थानीय सरकारले पहल थाल्नुपर्ने उहाँले बताउनुभयो । दुर्घटना न्यूनीकरण गर्न अब सडक ट्रयाक खोल्दा आठ मिटर चौडाइ कायम गर्ने विषयमा समेत छलफल भइरहेको उहाँको भनाइ छ । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रमुख पिताम्बर अधिकारीले धेरै दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताउनुभयो ।

उहाँले तीव्र गतीमा गाडी चलाउन, सवारी साधन चुस्त दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसेलगायतका कारणले दुर्घटना बढेका छन् भन्दै यसको नियन्त्रणका लागि सम्बन्धीत सबै गम्भीररुपमा लाग्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित भएर ट्राफिक सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने भन्दै उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि आफूहरु लागिरहेको बताउनुभयो ।