१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

विद्यालयलाई २४ रोपनी जग्गा सहयोग
अ अ+ अ-

पर्वत । सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ ।

तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गर्नुभएको छ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको भौतिक पूर्वाधारलगायत दिगो आम्दानीका लागि आफ्नो २४ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

गुरुङले जन्मगाउँमा रहेका दुई सामुदायिक विद्यालयका लागि आफ्नो सबै खेतबारी प्रदान गर्नुभयो । फलामखानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गर्नुभएको हो ।

जिल्लाको विकट गाउँमा रहेका यी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आयआर्जन गर्न सकिने खालका फलफूल, जडीबुटी वा रुखबिरुवा र घाँस बिक्री गरेर आम्दानी गर्न सकुन् भनेर आफ्नो खेत, बारी र खरबारी तथा वनसमेत विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

हाल रूपन्देहीको मणिग्राममा बस्दै आउनुभएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिनुभयो ।
पूर्व राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गुरुङले आफू जन्मेका गाउँका विद्यालयमा गुणस्तरीय पढाइ सञ्चालन गरी स्थानीयवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना होस् भनेर जग्गा प्रदान गरेको बताउनुभयो ।

यसैबीच विद्यालयलाई जग्गा र नगद उपलब्ध गराएको तथा गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जग्गादाता गुरुङलाई दुवै विद्यालयले मङ्गलबार सम्मान पनि गरेका छन् । कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।