३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्स क्लबद्वारा १३० विद्यार्थीलाई छात्रवृत्ति वितरण



अ+ अ-

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी–१ नेपालले सञ्चालन गरेको पढाऊ अभियानअन्तर्गत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

क्लबले पोखरामा मङ्गलबार एक कार्यक्रम आयोजना गरी जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १३० विद्यार्थीलाई जनही न्यूनतम रु चार हजारदेखि अधिकतम रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालका शिक्षा कोषका अध्यक्ष एवं निर्वतमान गभर्नर धनराज आचार्यले बताउनुभयो ।

छात्रवृत्तिवापत विद्यार्थीलाई रु आठ लाख ५० हजार वितरण गरिएको र केही विद्यार्थी संस्थागत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थी रहेको बताइएको छ । लायन्सले गत वर्ष पढाऊ अभियानका लागि डिष्ट्रिक अन्तर्गतका विभिन्न ४० क्लब तथा व्यक्तिगत गरी २३५ अक्षयकोष स्थापना गरेको थियो ।

कूल रु दुई करोड २५ लाख रहेको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयको सिफारिशमा छात्रवृत्ति वितरण गर्ने कार्यक्रमअनुसार छात्रवृत्ति प्रदान गरिएको हो ।

यस वर्ष देशका विभिन्न १६ जिल्लाका ३८७ विद्यार्थीलाई रु १९ लाख ८६ हजार ७२५ छात्रवृत्तिस्वरुप प्रदान गर्ने कार्यक्रम रहेको बताउँदै आचार्यले केही जिल्लामा वितरण गरिसकिएको र बाँकीमा जेठ दोस्रो हप्तासम्ममा प्रदान गरिसक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । यस वर्ष छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले उसको शैक्षिक नतिजाका आधारमा कक्षा १२ सम्म अध्ययन गर्ने समयसम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने भनाइ आचार्यको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।