१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जंगली जनावरलाई पानी खुवाउन बनाइएको कृतिम ताल भर्न सौर्यपम्प जडान

जंगली जनावरलाई पानी खुवाउन बनाइएको कृतिम ताल भर्न सौर्यपम्प जडान
अ अ+ अ-

कञ्चनपुर । जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रु तीन लाख ३० हजार रकम खर्चेर दुई हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको हो ।

वन क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, हात्ती, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुङ्गीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताए ।

बढ्दो गर्मीसँगै चुरेक्षेत्रको वन भएकाले खहरेखोलामा पानी सुक्ने गरेको छ, उनले भने, “प्राकृतिक ताल सुक्ने भएकाले सौर्यपम्प जडान गर्नुपरेको छ ।”

पानीको खोजी गर्दै जङ्गली जनावर मानव बस्तीमा पसेर मानिसलाईसमेत आक्रमण गर्ने गरेका छन् । जनावरको आक्रमणलाई न्यूनीकरण गर्नका लागि सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशयजस्तै बनाइएको उनले बताए ।

पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजनासमेत बनाइएको छ । पोखरीमा माछापालन गरेर वार्षिक रुपमा रु ३५ लाख बढी आम्दानी लिन सकिने अध्यक्ष महराको भनाइ छ ।