५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि



अ+ अ-

काठमाडौं । सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो ।

खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् । नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएका हिमशृङ्खला तथा पहाडमा बहुमूल्य रत्न पत्थर पाइने गरेको र त्यसलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनामा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्खनन भएका रत्न पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान पुग्ने विभागको विश्वास छ ।

मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाइल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बङ्गलादेश, मलेशियालगायतका ७० स्टल रहने सहसचिव घिमिरेले बताउनुभयो । मेलामा खनिज प्रशोधनसम्बन्धी विभिन्न प्रविधि देखाउनका साथै विभिन्न बैठक हुने आयोजकले जनाएको छ ।