काठमाडौं । मंगलबार तोलामा एक हजारले बढेको सुनको मूल्यमा आज गिरावट आएको छ ।
बुधबार छापावाल सुन ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।