काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्कों) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनि त्यसतर्फ लागेका हुन् । कम्प्युटर
यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ । विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।