१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद



symbolic photo
अ+ अ-

इलाम । इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो । 

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । 
    
यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो । (रासस)