२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय माग्दा नालामा फाल्ने धम्की दिए’



अ+ अ-

काठमाडौं । अस्पतालले गलत रगत दिएका कारण ज्यान गुमाएकी ५ वर्षीया बालिका आकृतिकुमारीका बुवा रामप्रवेश साहले न्याय दिलाइदिन सरकारसँग माग गरेका छन् ।

यही वैशाख २३ गते गलत रगत दिएका कारण सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहले ज्यान गुमाएका थिए ।

बुवा रामप्रवेश साहले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’
शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय पुग्दा समेत उजुरी दर्ता नभएको उनको गुनासो छ । ‘सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन’ उनले भने, ‘अब हामी कहाँ जाने ?’

उनले अघि भने, ‘मलाई इन्साफ चाहिएको छ तर, खुरुक्क शव लिएर जानू, बढी बोलिस भने नालामा फालिदिन्छु भनेर धम्की दिन्छन् ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा। सुरेन्द्र भण्डारी र डा। नारायण घिमिरेले लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।




भर्खरै