४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ५ अंकले बढ्यो, कारोबारमा एनसीसी बैंकको अग्रता



अ+ अ-

काठमाडौं। नेप्से सूचक बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४२ प्रतिशतले बढेको हो ।

१७२ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकममा एनसीसी बैंकले अग्रता लिएको छ । एनसीसीको १४ करोड ८२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र शिवम् सिमेन्ट्स परेका छन् । यसैगरी, सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका लगानीकर्ताले गुमाएका छन् ।