१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ५ अंकले बढ्यो, कारोबारमा एनसीसी बैंकको अग्रता



अ+ अ-

काठमाडौं। नेप्से सूचक बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४२ प्रतिशतले बढेको हो ।

१७२ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकममा एनसीसी बैंकले अग्रता लिएको छ । एनसीसीको १४ करोड ८२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र शिवम् सिमेन्ट्स परेका छन् । यसैगरी, सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका लगानीकर्ताले गुमाएका छन् ।