४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृविल चियर टी–२० क्रिकेट : नेपाल भारतसँग पराजित



अ+ अ-

काठमाडौं । एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो ।

१४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागि गौरब विश्वनाथले ५० बनाएका थिए । अन्य खेलाडीले भने राम्रो रन बनाउन सकेन्न् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाए त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाए ।

आजदेखि सुरु भएको एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।