९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : मनाङ पन्जाबसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । मनाङ मर्स्याङ्दी एएफसी कपको समूह चरणकोखेलमा भारतीय क्लब मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ ।

बुधबार घरेलु मैदान एन्फा कम्प्लेक्समा भएको खेलमा समूह ई मा रहेको मनाङले घरेलु मैदानमा पञ्जाबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा मनाङको तर्फबाट विदेशी खेलाडी ओलुवासिना अजिजले एक गोल गरे भने पञ्जावको लागि थोइबा सिंहले एक गोल गरे ।

खेलको ३९औं मिनेटमा पञ्जाबका लागि थोइबा सिंहले टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डिफेन्डर प्रथिक जोशीले रातो कार्ड खाँदै मैदान छोडेपछि पञ्जाब १० खेलाडीमा सीमित भएको थियो ।

यद्यपी मनाङले पञ्जाबको कमजोरीको फाइदा उठाउन सकेन। ८१औं मिनेटमा मनाङले गोल फर्काएर खेल बराबरी मात्र गर्न सक्यो ।

मनाङका लागि विदेशी खेलाडी ओलुवासिना अजिजले गोल गर्दै मनाङलाई हारबाट जोगाएका थिए । बाँकी समयमा मनाङले आक्रामक खेल खेले पनि गोल गर्न सफल भएन ।

यो खेलमा बराबरी खेलेसँगै चार खेल सकिदासम्म पनि मनाङ जीतविहीन नै रहेको छ । चार खेलमध्ये दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेको मनाङको २ अंक छ । पञ्जाबको भने चार खेलबाट चार अंक छ ।