२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ल्याउन खोजीएको २४ किलो सुन सिलीगुडीमा समातियो



अ+ अ-

काँकडभिट्टा । भारतीय प्रहरीले भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

म्यानमारको मोरे बोर्डरबाट मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढीहुँदै नेपाल ल्याउन खोजीएको सुन सोमबार राति सिलीगुड़ीबाट पक्राउ गरिएको हो ।

सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २२ वर्षीय मोहम्मद नुमन, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ वर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल पुलिसले जानकारी दिएको छ।

बरामद गरिएको सुनमा २० वटा एक/एक किलो र २५ वटा ४.१२५ किलोग्रामको बिस्कुट रहेको छ। जसको भारतीय कुल मुल्य ८ करोड बढी पर्छ।