काँकडभिट्टा । भारतीय प्रहरीले भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।
म्यानमारको मोरे बोर्डरबाट मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढीहुँदै नेपाल ल्याउन खोजीएको सुन सोमबार राति सिलीगुड़ीबाट पक्राउ गरिएको हो ।
सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २२ वर्षीय मोहम्मद नुमन, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ वर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल पुलिसले जानकारी दिएको छ।
बरामद गरिएको सुनमा २० वटा एक/एक किलो र २५ वटा ४.१२५ किलोग्रामको बिस्कुट रहेको छ। जसको भारतीय कुल मुल्य ८ करोड बढी पर्छ।