१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते, हेलिकप्टरमा पोखरा पठाइयो



अ+ अ-

बुटवल । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलाबेंशीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा सोही गाउँपालिका वडा नं.–६ घ्वाँगका १३ वर्षीय अमृत थापा रहेका छन् । थापालाई विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा लु ३१ प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको स्थानिहरुले बताएका छन् ।

घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिएका छन् ।

मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ ।