ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
आज अपरान्ह प्रचण्ड निवास खुमल्टारमा भएको भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का बिषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।