१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भष्टाचार नियन्त्रण हुदैन : शाह

भष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भष्टाचार नियन्त्रण हुदैन : शाह
अ अ+ अ-
फाइल फोटो

काठमाडौं । नेपाल विद्यार्थी संघ( नेबि)का पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले भ्रष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन। अख्तियारमा जबसम्म सक्षम युवाहरूलाई स्थान नदिएर बर्षौ देखि भ्रष्टाचारमा पोख्त भएका कर्मचारीहरुलाई स्थान दिई रहे भ्रष्टाचार मौलाउदै जाने पनि उनले जिकिर गरे।

। बुधबार ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा बिरोध कार्यक्रममा बोल्दै पुर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले नचाहेको बताएका छन् । उनले भने हामीले अहिले युद्ध चाहेका छैनौं तर सरकारले बिप्लबलाई प्रतिबन्ध लगाएर युद्ध निम्त्याउन खोजेको छ । उनले भने तत्काल बिप्लवसँग वार्ता गर्नुपर्छ ।

शाहले बिप्लवका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाई गर्न माग पनि गरे । उनले सरकारले अध्यक्ष ढकाललाई तत्काल रिहाई नगरे देशभर शैक्षिक हड्ताल गर्ने चेतावनी समेत दिए।

कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संगठनका अध्यक्ष महासचिव प्रकाश राई,अखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेल,अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, नयाँ विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थीका संगठनका महासचिव रन्जित निश्पक्ष, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल क्रान्तिकारीका सचिवालय सदस्य मिलन राईको उपस्थिति रहेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।