४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो मेघगर्जन र हुरीसहित पानी पर्ने सम्भावना : मौसम विभाग



अ+ अ-

काठमाडौं । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार राति काठमाडौंमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ । दिउँसोपछि काठमाडौं सहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उनको अनुमान छ । शुक्रबारदेखि भने देशभरी कै मौसममा केही सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।