४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनी बेयरस्ट्रोको शतकको मद्दतले इङल्यान्डद्धारा पाकिस्तान ६ विकेटले पराजित



अ+ अ-

काठमाडौं । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले सानदार जित हात पारेको छ ।

मङ्गलबार भएको खेलमा विश्वकप क्रिकेटको आयोजक इङल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले बलिङ रोजेको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए ।

यता इङल्यान्डका लागि बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २–० ले अघि छ ।