४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले संसदमा हामीलाई हेपे : थापा



अ+ अ-

सुर्खेत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूहरूलाई हेपेको आरोप लगाएका छन् ।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको इतिहासको सबै भन्दा बलियो सरकार भएको बेला प्रधानमन्त्रीले संघीयताप्रति चरम अरुचि राख्ने र पटक–पटक छलफल गर्दा समेत नेपालमा संघीयता चल्दैन यो मलाई हुँदैन भनेर ढिप्पी गरेको दाबी गरे ।

थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको पनि बताए ।उनले स्थानीय सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाए ।