१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

जुलुसमा सेनासँग भिडन्त, २२ जना बालबालिका सहित ६५ जना घाइते

जुलुसमा सेनासँग भिडन्त, २२ जना बालबालिका सहित  ६५ जना घाइते
अ अ+ अ-

गाजा । गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२ जना बालबालिका समेत कम्तीमा ६५ जना घाइते भएको जनाएको छ ।

इजरायलसँग सीमा जोडिएको क्षेत्रमा प्यालेस्टिनी समुदायले निकालेको जुलुसलाई तितरबितर पार्नेक्रममा इजरायली सेनासँग भिडन्त भएको थियो ।

पूर्वी गाजापट्टीमा हजारौं प्रदर्शनकारी सहभागी भएका थिए । प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराउनुका साथै टायर बाल्ने, इजरायल र अमेरिका विरुद्ध नारा लगाउने तथा इजरायली सेनातर्फ ढुङ्गा फाल्ने गरेका थिए ।

नक्वा दिवसको अवसरमा उक्त जुलुस निस्किएको थियो । ७१ वर्षअघि यही दिन इजरायलको स्थापना हुनुका साथै सन् १९४८ देखि प्यालेस्टिनी शरणार्थीको विषय उठेको थियो ।

यद्यपी गत वर्षको तुलनामा यस पटकको प्रदर्शनक कम हिंसात्मक रहेको थियो । गत वर्षको यस्तै कार्यक्रममा ६१ जना प्यालेस्टिनीको ज्यान गएको थियो । कतारले गाजापट्टीका लागि आर्थिक सहयोग गरेका कारण पनि यसवर्षको प्रदर्शन कम हिंसात्मक भएको हो ।

इस्लामिक हमास समूहको नियन्त्रणमा रहेको प्रशासनले सम्भावित हिंसा रोक्न सीमा क्षेत्रमा प्रहरी तैनाथ गरेको थियो ।