५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी तेल पाइपलाइनमाथि ड्रोन आक्रमण, उसका गठबन्धन सदस्य तर्सिए



अ+ अ-

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भएको छ ।

मंगलबार गरिएको उक्त आक्रमण यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले साउदीका अधिकारीले जनाएका छन् । आक्रमणबाट पाइपलाइनको दुई स्थानमा क्षति पुगेको छ ।

आक्रमणले तेलको पाइपमा सामान्य क्षति पारेको भए पनि हुथीले प्रयोग गरेको उच्च प्रविधियुक्त ड्रोनबाट भने साउदी अरब र उसका गठबन्धन सदस्य तर्सिएका छन् ।

सन् २०१५ मार्च २१ मा हुथी विद्रोहीले यमनको राजधानी कब्जा गरेर यता यहनमा गृहयुद्ध जारी छ । त्यसमा साउदी–युएईको नेतृत्वमा रहेका गठबन्धनले हुथीविरुद्ध भिषण बमबारी गरिरहेको छ ।

हुथीले प्रयोग गर्ने ड्रोन जीपिएसबाट निर्देशित रहने गरेको र निशानामाथि पुगेपछि लक्षमा झर्ने गरेको छ ।

विज्ञले हुथीको ड्रोन प्रविधिमा इरानको सहयोग हुने गरेको बताउने गरेका छन् । तर पछिल्लो समय हुथीका ड्रोनमा अन्तरराष्ट्रिय पार्टपुर्जा प्रयोग हुन थालेका छन् । द्वन्द्व लम्बिदैं गर्दा विद्रोही माझमा पनि नवीनताको विकास भएको हुन सक्छ ।