५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन व्यवसायमा संलग्न २८ व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा यौन व्यवसायमा संलग्न २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अयौन व्यवसायमा संलग्न २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै यौन व्यापार हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् ।

छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा यौन व्यापार हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय नेपाल प्रहरीले यौन व्यापार हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र प्रहरीले सादा पोशाकमा प्रहरीलाई खटाएर यौन व्यवसायमा संलग्न १२५ लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।