२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरमै मृत शिशुको जन्म



अ+ अ-

रुकुम (पूर्व) । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ ।

मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो ।

तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताउनुभयो ।