२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐश्वर्या राई नायिका होइन भिलेन



अ+ अ-

काठमाडौं । ‘रावण, रगासियम, गुरु र इरुवर’ जस्ता फिल्ममा मणिरत्नमको निर्देशनमा काम गरिसकेकी अभिनेत्री ऐश्वर्या राय एकपटक पुनः मणिरत्नमको नयाँ फिल्म ‘पोन्नीनि सेल्वम’ मा देखिनेछिन् ।

मणिरत्नमले सधैं ऐश्वर्यालाई आफ्नो फिल्ममा मुख्य भूमिका दिएका छन् तर यसपटक फिल्म ‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्या भिलनेको भूमिकामा देखिने भएकी छिन् ।

‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्याको भूमिका नेगेटिभ हुनेछ । यो फिल्म एक पिरिएड ड्रामा हुनेछ जुन १० औं शताब्दीको चोल राजाको कहानीमा आधारित छ । उक्त फिल्ममा राजा चोल विभिन्न कठिनाईका बाबजुद पनि कसरी सम्राज बन्न सफल हुन्छन् भनेर देखाइनेछ । फिल्ममा ऐश्वर्या राय बच्चन पेरिया पझुवेत्तारय्यरकी श्रीमती नन्दिनीको भूमिकामा देखिनेछिन् जसले चोल साम्राज्यका चान्सलर र कोषाध्यक्षको रुपमा काम गरेकी थिइन् ।

नन्दिनी शक्ति केन्द्रीत रहस्यमयी महिला हुन् । नन्दिनी आफ्ना श्रीमानसँग मिलेर राजा चोलको साम्राज्यलाई नष्ट गर्ने योजना बनाउँछिन् । राजा जोलको राज्य नष्ट गरेर उनले बदला लिन्छिन् । फिल्ममा ऐश्वर्याको श्रीमानको भूमिका मोहन बाबूले निभाउनेछन् ।

हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।