१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

आगलागीपीडितलाई प्रदेशसभा सदस्यको सहयोग

आगलागीपीडितलाई प्रदेशसभा सदस्यको सहयोग
अ अ+ अ-

बेझाड । आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गर्नुभएको छ ।

रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गर्नुभएको हो । सो सामग्री लिएर पीडितको घर पुग्नुभएका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइपर्‍यो भनेर नआत्तिन आग्रह गर्नुभयो । “एक परिवारमा पुगेको क्षतिले गाउँ, समाज र सबैमा पीडा दिएको छ, पीडित परिवारका लागि सदैव सहयोगमा तत्पर रहनेछु”, उहाँले भन्नुभयो ।

गत वैशाख १८ गते साँझ करीब ७ बजे पीडित विष्णुबहादुर दिशाको घरमा आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियो । घरमा कोही पनि नभएको समयमा एक्कासि आगलागी भएको पीडित परिवारले जनाएको छ । तीनतले जस्ताको छानो भएको घरमा रहेका अनाज, लत्ताकपडालगायत करीब रु छ लाख बराबरको क्षति भएको छ । घरमा राखिएको रु दुई लाख ३५ हजार रकम पनि जलेर नष्ट भएको थियो ।

सांसद रानासहित नेपाल राष्ट्रिय मगर सङ्घ जिल्ला सभापति झमनराज मगर, नेपाल तरुण दल पाल्पाका सभापति मेजरसिं केसी, नेपाल महिला सङ्घ प्रदेश सदस्य मीना पन्थी, वडा नं १ का सभापति शेरबहादुर चिदीसहितको टोली पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो ।