५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौलापीडित बालिकालाई सहयोग



अ+ अ-

कास्की । मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।

गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी बालिकाका परिवारलाई निष्कोटकै सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको सक्रियतामा अष्ट्रेलियामा सङ्कलन गरिएको रु चार लाख सात हजार ९१५ एलिसाका बुबा भवहादुर पुन र नरबहादुरकी श्रीमती पानकुमारी पुनले बिहीबार प्रदान गर्नुभएको हो ।

त्यस्तै लेकसाइडका सन्ध्या गुरुङबाट पनि रु एक लाख ३५ हजार पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको थियो । बालिकाको बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरु छोरी बिरामी भएपछि उपचारमा लाग्नुपर्दा हालसम्म रु १३ लाख जति खर्च भइसकेको र अवस्था झन् दयनीय भएको बुबा वीरबहादुरले बताउनुभयो ।

चिकित्सकको निगरानीमा रहनुपर्ने भएकाले उनीहरु लामो समयदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उनको उपचारमा रु २३ लाख जति खर्च लाग्ने चिकित्सकले बताएको जनाउँदै फरिवारले सहयोगको याचना गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्तिले मुत्तिनाथ विकास बैंकमा खोलिएको खाता नं ००५२१६००३६५१९००००००१ जम्मा गर्न सकिने बताइन्छ ।