२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी ‘क्रेउ डे सान्ट जोर्डी’ अवार्डबाट सम्मानित, च्यारिटीबाट उच्च योगदान गरेको भन्दै प्रशंसा



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ ।

बार्सिलोनाका कप्तान मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो । यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ ।

फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत समाजलाई उच्च योगदान दिएकाले मेस्सील यस अवार्डको हकदार बनेको उल्लेख गरिएको छ ।

क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए ।

यस अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००६ मा फुटबलर जोन क्रुइजफलाई यस अवार्ड प्रदान गरिएको थियो ।