५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अङ्ग प्रत्यारोपण केन्द्रका १० जना नर्स पक्राउ



अ+ अ-

काठमाडौं । लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका मानव अङ्ग प्रत्यारोपण केन्द्रका १० जना नर्सलाई पक्राउ गरिएको छ।

वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ ।

आफ्ना माग राख्दै आन्दोलनरत नर्सहरु प्रहरी नियन्त्रणमा परेको यो तेस्रो पटक हो । यसअघि उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नर्सिङ संघको कार्यालय लाजिम्पाटबाट पक्राउ परेका थिए ।

लोकसेवा आयोगले विज्ञापन खुलाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । लगातारको आन्दोलन र अनसनका कारण बिहीबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाइ परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।