६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेताले ४० लाख र उपविजेताले २० लाख डलर पाउने



अ+ अ-

काठमाडौं । विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमलले एकत रकम पाने जनाएको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ ।

त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् ।

राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम छन् ।

विश्व कपमा अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश छनोट भैसकेका छन् ।

विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।