६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार साधनसहित पत्रकारहरु सडकमा, मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी



अ+ अ-

काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् ।

काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए ।

आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।

पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुखमा बाँधेका थिए ।

महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिदैछ । विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको महासंघका उपाध्यक्ष विपुल पोखरेलले बताए ।

उपाध्यक्ष पोखरेलले सरकार लचिलो नभए भोलि शनिबार केन्द्रीय कमिटिको बैठक बसी नयाँ योजना बनाइने बताए ।