२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोकमा बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान कडकिएपछि रोकिएको काम पुनः सुचारु, एकदिन पनि नरोकी सबस्टेशन निर्माण गर्न ताकेता



अ+ अ-

काठमाडौं । नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुचारु भएको छ ।

बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थलमा आक्रोशित मुद्रामा प्रस्तुत भएपछि रोकिएको काम सुचारु भएको छ ।

बिहीबार घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । तर २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयले त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध पुर्‍याएर काम रोकेपछि उनि आक्रोशित भएका थिए ।

त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने ?’ भन्दै कुलमानले काम रोक्ने केही स्थानीयसँग आक्रोश पोखेका थिए ।

आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको माग अनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो ।

निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक–पटक विभिन्न माग तेस्र्याएर अवरोध पुर्‍याउँदै आएका छन् ।

करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिललो सान्जेन र सान्जेनको करिब २ सय मेगावाट विजुली खेर जान्छ ।