२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान : डाक्टरको लापर्वाहीका कारण १८ बच्चामा एचआईभी पोजिटिभ, अन्य ४ सयभन्दा बढी व्यक्ति पीडित



अ+ अ-

काठमाडौं । उत्तरी पाकिस्तानको एउटा गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । पाकिस्तानको लरकाना गाउँमा डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएका हुन् ।

गएको महिना प्रशासनको शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो । त्यसपछि व्यापक स्तरमा जाँच भएको थियो ।

स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेको पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।

पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । तर बिरामीको दर भने बढ्दै गैरहेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ ।

केही सरकारी रिपोर्टका अनुसार, देशभरि छ लाख नक्कली डाक्टर छन् र यो संख्यामध्ये करिब दुई लाख ७० हजार डाक्टर सिन्ध प्रान्तमा काम गरिरहेका छन् ।