२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्र सरकारले नै केशव स्थापितलाई फेरि मन्त्री बनाउदै !



अ+ अ-

काठमाडौं । बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् ।

नेकपा स्रोतका अनुसार प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त नगरिनुको कारण स्थापित प्रधानमन्त्री केपी ओलीको वरीपरि रहेको बताउछ । पहिला बितेको कुरालाई थाति राख्दै उनलाई नै मन्त्रीको जिम्मेवारी दिने लगभग तयार भैसकेको स्रोतले बतायो ।

‘स्थापितलाई पुन उक्त पदमा लेर आउन केन्द्रमा छलफल समेत हुँदैछ ।’, स्रोतले भन्यो ‘अब प्रधानमन्त्री ओली ज्यूले नै तपाइलाई म केहि समयपछि फर्काउछु भनेर बचन दिएका छन् ।’

स्थापितमाथि मुुख्यमन्त्री पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा पटकपटक अपमान गर्ने गरेको आरोप लागेको थियो ।

आफूमाथि मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेपछि मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट बर्खास्त गरिएको थिए ।