२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा आबद्ध शिक्षिकाकी छोरीका लागि परीक्षा सार्न पत्राचार, अन्य विद्यार्थी मानसिक तनावमा



अ+ अ-

काठमाडौं । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ ।

आगामी २७ जेठबाट नियमित रुपमा संचालन हुने परीक्षा तालिका नै सार्न परीक्षा नियन्त्रण कार्यलय बल्खुलाई सिफारिस गरिएको हो ।

क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।

स्रोतका अनुसार सोहि कलेजमा अध्यापन गरारहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिष्णुमाया भुसालकी छोरी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । तर, सोहि मितिमा उनकी छोरीको परीक्षा परेपछि आर्थिक क्षति हुनेभन्दै क्याम्पस प्रमुखलाई बल्खुमा पत्राचार गर्न लगाएकी हुन् ।

यता,केही विद्यार्थीले भने क्याम्पस प्रमुख पराजुलीलाई भेटेर परीक्षा नसार्न दबाब दिएका छन् । विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने भन्दै उनिहरुले परीक्षा नसार्न आग्रह गरेका हुन् ।

हाल बिएएलएलबी पाँचौँ वर्षमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ ।