१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरा नष्ट



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा ठूलो मात्रामा अवैधरूपले उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ‘समुदाय–प्रहरी साझmेदारी’ कार्यक्रमअन्तर्गत त्यस्ता मदिरा बरामद गरी नष्ट गर्ने त्रममा ९०२ लिटर तयारी मदिरा र एक हजार थान कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

प्रहरीले शुक्रबार पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट १६० लिटर तयारी मदिरा कच्चा पदार्थ नियन्त्रणमा लिनाका साथै पुतलीबजार नगरपालिकाको वीरेन्द्रनगर, राङ्खोला र कुमालगाउँबाट घरेलु मदिरा तथा मदिरा बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।

यसैगरी बिहीबार वालिङ ७ केवरेबाट २७ लिटर तयारी मदिरा, बिहीबार नै फेदिखोलाबाट १५० लिटर तयारी मदिरा र गत आइतबार पनि चापाकोट नगरपालिकाका विभिन्न स्थानबाट ५६५ लिटर तयारी मदिराका साथै त्यसमा प्रयोगहुने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय समाजसेवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।