५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसमाथिको हमलाले सरकार निरंकुश भएको प्रमाणित– डा.महत



अ+ अ-

बागलुङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रेसमाथि सरकारले गरेकोे हमलाले सरकार निरंकुश हो भन्ने कुरा प्रमाणित भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- नेपाली काँग्रेसले यो सरकार निरंकुश र अधिनायकवादतर्फ उन्मुख छ भनेर पहिलैदेखि भनी आएकै हो र आज आएर त्यो कुरा प्रमाणित भएको छ ।

हामी जे चाहन्छौँ त्यो मात्र सत्य हो र प्रेसको काम भनेको सरकारका सबै कामको समर्थन मात्र गर्ने हो भन्नेजस्तो हुकुमी सोँच र शैलीका साथ यो सरकार अघि बढेकोले प्रेसमाथि नियन्त्रण गर्न हाल प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याएको उनको भनाई थियो ।

यो सरकारले प्रेसलाई आफ्नो कब्जामा राख्ने प्रयास पहिल्यैदेखि गरेको र यस पटक भने आफ्नो पक्षको दुई तिहाईको अहमले नै कानुन ल्याएर दबाउन खोजेको उनको भनाई थियो ।

उनले भने– यो सरकारले कर्मचारीतन्त्र, संवैधानिक अंगहरु, प्रेस तथा अरु पनि देशका सबैजसो प्रजातान्त्रिक संरचनाहरुलाई आफ्नो छायाँमा राख्न खोजेको छ, जुन कुरा कदापि पनि सम्भव छैन, नेपाली काँग्रेसले यस्तो हुन कदापि दिने छैन ।

उनले नेपाली काग्रेस सधैँ नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । सहमहामन्त्री महतले अहिले सरकारले ल्याउन लाएको मिडिया काउन्सिल बिधेयकको संसदमा ससक्त ढंगले बिरोध गर्ने बताए । सरकार अधिनायकवादी सोँच र शैलीका साथ अघि बढेको उनको भनाई थियो ।

लोकतन्त्रको आधार भनेको प्रेस स्वतन्त्रता भएको बताउँदै उनले यसैका लागि नेपाली काँग्रेसले राणा र पञ्चायतसँग लडेको पनि स्पष्ट गरे । यो नागरिक र प्रेसको अधिकार कसैको निगहाले दिएको होइन, यसका लागि काँग्रेसले ७० वर्षदेखि संघर्ष गरेको हो र मात्र अहिले यो अधिकार प्राप्त भएको छ, उनको भनाई थियो ।

वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको तर पनि जनताका अधिकारमाथि आँखा लगाउन नछोडेको उनको आरोप थियो । महतले भने, समृद्ध राष्ट्र र सुखी नेपाली सरकारको नारामै मात्र सिमित भएको छ, जनताले यसको एक प्रतिशत पनि अनुभूती गर्न पाएका छैनन् ।

यतिखेर नेपाली जनताले प्रजातान्त्रको पहरेदारका रुपमा रही आएको नेपाली काँग्रेसको देशव्यापी रुपमा बलियो र सशक्त उपस्थिति खोजिरहेकोले काँग्रेसले घरदैलो अभियान थालेको उनको भनाई थियो ।

काँग्रेस चुप लागेर बसेको होइन यो सरकारलाई काम गर्न दिएको हो, तर पनि कम्युनिष्ट सरकारको यो वर्षदिनका कामले देश र जनतालाई आजित बनाएकोले अब देश र प्रजातन्त्र जोगाउन काँग्रेस नै अघि सर्नुपर्ने अवस्था आएकोले राष्टव्यापी जागरण अभियान सञ्चालन गरेको स्पष्ट गरे ।

शुक्रबार बागलुङ बसेका डा.महत शनिबार बिहान पर्वत पुगेका छन् । उनले पर्वत जिल्ला पार्टी अफिसमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै जागरण अभियानमा लाग्न र यस सकारका निरंकुश कार्यको भण्डाफोर गर्न आह्वान गरेका छन् ।