१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रेसमाथिको हमलाले सरकार निरंकुश भएको प्रमाणित– डा.महत

प्रेसमाथिको हमलाले सरकार निरंकुश भएको प्रमाणित– डा.महत
अ अ+ अ-

बागलुङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रेसमाथि सरकारले गरेकोे हमलाले सरकार निरंकुश हो भन्ने कुरा प्रमाणित भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- नेपाली काँग्रेसले यो सरकार निरंकुश र अधिनायकवादतर्फ उन्मुख छ भनेर पहिलैदेखि भनी आएकै हो र आज आएर त्यो कुरा प्रमाणित भएको छ ।

हामी जे चाहन्छौँ त्यो मात्र सत्य हो र प्रेसको काम भनेको सरकारका सबै कामको समर्थन मात्र गर्ने हो भन्नेजस्तो हुकुमी सोँच र शैलीका साथ यो सरकार अघि बढेकोले प्रेसमाथि नियन्त्रण गर्न हाल प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याएको उनको भनाई थियो ।

यो सरकारले प्रेसलाई आफ्नो कब्जामा राख्ने प्रयास पहिल्यैदेखि गरेको र यस पटक भने आफ्नो पक्षको दुई तिहाईको अहमले नै कानुन ल्याएर दबाउन खोजेको उनको भनाई थियो ।

उनले भने– यो सरकारले कर्मचारीतन्त्र, संवैधानिक अंगहरु, प्रेस तथा अरु पनि देशका सबैजसो प्रजातान्त्रिक संरचनाहरुलाई आफ्नो छायाँमा राख्न खोजेको छ, जुन कुरा कदापि पनि सम्भव छैन, नेपाली काँग्रेसले यस्तो हुन कदापि दिने छैन ।

उनले नेपाली काग्रेस सधैँ नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । सहमहामन्त्री महतले अहिले सरकारले ल्याउन लाएको मिडिया काउन्सिल बिधेयकको संसदमा ससक्त ढंगले बिरोध गर्ने बताए । सरकार अधिनायकवादी सोँच र शैलीका साथ अघि बढेको उनको भनाई थियो ।

लोकतन्त्रको आधार भनेको प्रेस स्वतन्त्रता भएको बताउँदै उनले यसैका लागि नेपाली काँग्रेसले राणा र पञ्चायतसँग लडेको पनि स्पष्ट गरे । यो नागरिक र प्रेसको अधिकार कसैको निगहाले दिएको होइन, यसका लागि काँग्रेसले ७० वर्षदेखि संघर्ष गरेको हो र मात्र अहिले यो अधिकार प्राप्त भएको छ, उनको भनाई थियो ।

वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको तर पनि जनताका अधिकारमाथि आँखा लगाउन नछोडेको उनको आरोप थियो । महतले भने, समृद्ध राष्ट्र र सुखी नेपाली सरकारको नारामै मात्र सिमित भएको छ, जनताले यसको एक प्रतिशत पनि अनुभूती गर्न पाएका छैनन् ।

यतिखेर नेपाली जनताले प्रजातान्त्रको पहरेदारका रुपमा रही आएको नेपाली काँग्रेसको देशव्यापी रुपमा बलियो र सशक्त उपस्थिति खोजिरहेकोले काँग्रेसले घरदैलो अभियान थालेको उनको भनाई थियो ।

काँग्रेस चुप लागेर बसेको होइन यो सरकारलाई काम गर्न दिएको हो, तर पनि कम्युनिष्ट सरकारको यो वर्षदिनका कामले देश र जनतालाई आजित बनाएकोले अब देश र प्रजातन्त्र जोगाउन काँग्रेस नै अघि सर्नुपर्ने अवस्था आएकोले राष्टव्यापी जागरण अभियान सञ्चालन गरेको स्पष्ट गरे ।

शुक्रबार बागलुङ बसेका डा.महत शनिबार बिहान पर्वत पुगेका छन् । उनले पर्वत जिल्ला पार्टी अफिसमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै जागरण अभियानमा लाग्न र यस सकारका निरंकुश कार्यको भण्डाफोर गर्न आह्वान गरेका छन् ।